काठमाडौंः पुस २५ गते त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले एक निर्णय गर्दै २०५८ सालपछि भर्ना भई शोधपत्र, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको छ ।
सो बैठकले वार्षिक परीक्षा अन्तर्गत २०५८ पछि भर्ना भई सैद्धान्तिक परीक्षा पास गरेका तर शोधपत्र, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको जनाएको छ ।
वार्षिक प्रणाली अन्तर्गत २०५८ पछि भर्ना भई समय सीमा काटेकाहरु तथा सेमेष्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेकालाई २०८१ असार मसान्त भित्र सम्बन्धित क्याम्पस र विभागमा बुझाइ भाइभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय गरेको हो ।
त्यस्तै, २०६८ सालपछि एमफिलमा भर्ना भई समय सीमा कटेकालाई पनि एक पटक मौका दिने निर्णय भएको छ ।
हेर्नुहोस् प्राज्ञिक परिषद् स्थायी समितिको बैठकको निर्णयः