विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।



