Wednesday, April 15, 2026
Homeअपराध३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधीसहित १ जना पक्राउ

३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधीसहित १ जना पक्राउ

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधीसहित १ जना पक्राउ परेका छन् ।

हिजो बैशाख १ गते इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सवारी जाँचको क्रममा भोजपुर नगरपालिका–७ का युजिन श्रेष्ठको साथबाट ती औषधी बरामद गरी उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments