Sunday, April 12, 2026
Homeखेलकुदविराट गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा झापा विजयी

विराट गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा झापा विजयी

विराटनगरः शनिबारदेखि शुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा झापा– ११ विजयी भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालाको फ्लड लाइटमा नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाली सेनालाई २–१ गोलले पराजित गरेको हो ।

विजयी टिमका फागुराम थारुले खेलको १० औँ र ४४ औँ मिनेटमा गोल गरेका थिए । सेनाका तर्फबाट खेलको २३ औँ मिनेटमा नवीन लामाले गोल गरेका थिए । शनिबारको खेलमा उत्कृष्ट बनेका झापाका फागुराम थारुले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिता आगामी ५ वैशाखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब (काठमाडौं), त्रिभुवन आर्मी फुटबल क्लब (काठमाडौं), मच्छिन्द्र फुटबल क्लब (काठमाडौं), नेपाल एपीएफ फुटबल क्लब (काठमाडौं), चर्च ब्वाइज युनाइटेड फुटबल क्लब (काठमाडौं), सम्राट स्र्पोटिङ क्लब (विराटनगर), झापा– ११ फुटबल क्लब (झापा) र भारत झारखण्डको विर्षामुण्डा फुटबल एकेडेमी सहभागी छन् ।

विजेता हुने समूहले ११ लाख, उपविजेताले ५ लाख, उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, सर्वोकृष्ट खेलाडीलाई ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ रुपैयाँ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड खर्च लाग्ने अनुमान गरिएको ट्रष्टका महासचिव विनोद बस्नेतले बताए । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments