विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।



