Friday, April 10, 2026
Homeअर्थशेयरस्पेशल प्रि ओपन सेसनमा उच्च मूल्य सीमाबाट कारोबार भयो शिखर पावर डेभलपमेन्ट...

स्पेशल प्रि ओपन सेसनमा उच्च मूल्य सीमाबाट कारोबार भयो शिखर पावर डेभलपमेन्ट र पाल्पा सिमेन्टको

विराटचोकः आज स्पेशल प्रि ओसन सेसनमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको दोस्रो बजारमा पहिलो कारोबार ओपनिङ्ग रेञ्जको माथिल्लो बिन्दुबाट भएको छ ।

पाल्पा सिमेन्टको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा र शिखर पावरको २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो । नेप्सेले पाल्पा सिमेन्टलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र शिखर पावरलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।

सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएपछि आज ११ बजेदेखिको नियमित कारोबार सेसनमा यी कम्पनीको भाउ सो मूल्यलाई आधार मानेर हुनेछ ।

पाल्पा सिमेन्टले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता शेयर गरी ३ करोड ७५ लाख कित्ता शेयर हिजो नेप्सेमा सूचीकृत भएको थियो ।

त्यस्तै, शिखर पावरले सर्वसाधारण शेयरधनीहरुमा बिक्री गरेको ३२ लाख कित्ता र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ६६ लाख कित्ता शेयर गरी ९८ लाख कित्ता शेयर नेप्सेमा हिजो सूचीकृत भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments