Tuesday, December 24, 2024
Homeफिचरस्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको शुल्क घटायो, सेवा नलिएकालाई नवीकरणमा...

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको शुल्क घटायो, सेवा नलिएकालाई नवीकरणमा १० प्रतिशत छुट

काठमाडौंः माघ ८ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ । अब बहिरङ्ग सेवाको ५० रुपैयाँ र इमर्जेन्सी सेवाबापतको शुल्क १०० रुपैयाँ लाग्ने गरी माघ ८ गतेबाट लागू गरिने उनले बताए ।

यसअघि बहिरंग सेवा शुल्क १०० र इमर्जेन्सी सेवा शुल्क ४०० रुपैयाँ रहेको थियो । बोर्डले स्वास्थ्य सुविधा नलिएका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । नियमित स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिने बोर्डले जनाएको छ ।

बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारबापतको शोधभर्ना रकम दुई महिनामा उपलब्ध गराउने निर्णयसमेत गरेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments