Saturday, March 28, 2026
Homeकला र साहित्यगायिका, पूर्व सांसद तथा सञ्चारकर्मी कोमल वलीका बुबा ललितको छतबाट खसेर निधन

गायिका, पूर्व सांसद तथा सञ्चारकर्मी कोमल वलीका बुबा ललितको छतबाट खसेर निधन

दाङः चर्चित गायिका, पूर्व सांसद तथा सञ्चारकर्मी कोमल वलीका बुबा ललितबहादुर वलीको हिजो निधन भएको छ । ८५ वर्षीय ललितको दाङस्थित घरको छतबाट खसेर निधन भएको हो ।

शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा लडेर ललितको निधन भएको हो ।

स्वर्गीय ललितबहादुर वली दाङको साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् । उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन् ।

उनका देउसी भैलो, तीजगीत र भजनहरू रेकर्ड भएका हुन् । गायिका कोमल वलीका धेरै गीतहरूमा ललितले मोडलिङ समेत गरेका छन् । स्वर्गीय ललित दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घको सदस्य, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान र पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरको सदस्य थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments