Saturday, March 28, 2026
Homeराजनीतिपूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ बने ऊर्जामन्त्री

पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ बने ऊर्जामन्त्री

काठमाडौंः २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका विराजभक्त श्रेष्ठ २०७९ सालमा रास्वपाबाट प्रतिनिधिसभामा चुनिएका थिए । रास्वपा सरकारमा सहभागी भएका बेला उनी युवा तथा खेलकुद मन्त्री भएका थिए ।

उनै श्रेष्ठले यसपटक काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएर ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । श्रेष्ठले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातकसम्म अध्ययन गरेका छन् ।

श्रेष्ठ उज्ज्वल थापा नेतृत्वको विवेकशील राजनीतिबाट आएका हुन् । उनले काठमाडौं महानगरमा विवेकशील पार्टीको संगठन विस्तारको काम गरेका थिए उनी विभिन्न राजनीतिक तथा सांस्कृतिक अभियानमा संलग्न थिए ।

विराज जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीका ज्वाइँ हुन् । उनीसँग अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हालेको अनुभव छ उनी तिकिझ्या रेस्टुरेन्ट, मुनस्टे लज, लिटल विंग्ज लज, ग्रीन भेन्चर्ज प्रालि, बर्दिबास होप हस्पिटल लगायत संस्थामा आबद्ध छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments