Saturday, March 28, 2026
Homeराजनीतिपूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्ने तयारी

पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्ने तयारी

काठमाडौंः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न आवश्यक सबै प्रक्रिया पूरा भइसकेको प्रहरीले जनाएको छ । नयाँ सरकारको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखक पक्राउ पर्न लागेका हुन् ।

सो प्रतिवेदनमा ओली र लेखकलाई ज्यान लिएको कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।

अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । ओली र लेखकको निवासमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्षेत्रमा खटिएका छन् ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिश गरिएको छ ।

शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिश तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments