Saturday, March 28, 2026
Homeराजनीतिमन्त्रिपरिषदमा सबैभन्दा बढी बागमती प्रदेशका मन्त्री

मन्त्रिपरिषदमा सबैभन्दा बढी बागमती प्रदेशका मन्त्री

विराटचोकः प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा बागमती प्रदेशका सबैभन्दा धेरै मन्त्री छन् ।

बागमती प्रदेशबाट शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री, सस्मित पोखरेल शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, डा.विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री र सोविता गौतम कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् ।

खनाल काठमाडौँ–६, श्रेष्ठ, काठमाडौँ–८, पोखरेल काठमाडौँ–५, डा.तिमल्सिना नुवाकोट–१ र गौतम चितवन–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

कोशी प्रदेशबाट सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री बनेकी छिन् ।

मधेस प्रदेशबाट महोत्तरी–२ बाट प्रत्यक्ष निर्वाचित दीपककुमार शाह श्रम तथा रोजगार मन्त्री बनेका छन् ।

गण्डकी प्रदेशबाट ३ मन्त्री भएका छन् । स्वर्णिम वाग्ले (अर्थमन्त्री), सुदन गुरुङ (गृहमन्त्री) र गनेस पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) बनेका हुन् । वाग्ले तनहुँ–१, गुरुङ गोरखा–१ र पौडेल कास्की–१ बाट निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशबाट सुनिल लम्साल भौतिक पूर्वाधार र सहरी विकास मन्त्री बनेका छन् । उनी रुपन्देही–१ बाट निर्वाचित सांसद हुन् ।

कर्णाली प्रदेशबाट सीता वादी  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

सुदूरपश्चिम प्रदेशबाट २ मन्त्री बनेका छन् । मन्त्री बन्ने दुवै कञ्चनपुरका हुन् । दुवै जना समानुपातिक प्रणालीतर्फका सांसद हुन् । गीता चौधरी कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्री बनेकी छिन् भने प्रतिभा रावल भूमि व्यवस्था तथा सहकारी निवारण र वन तथा वातावरण मन्त्री बनेकी छिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments