Saturday, March 28, 2026
Homeराजनीतिनेपालका ४३ औँ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी

नेपालका ४३ औँ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी

काठमाडौंः हिजोदेखि बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । ३६ वर्षीय शाह यसअघि काठमाडौं महानगरपालिकाको मेयर बनेका थिए । २०७९ सालदेखि उनी राजनीतिमा जोडिएका थिए ।

शाहको जन्म बुवा स्वर्गीय नारायण शाह र आमा ध्रुवदेवी शाहको कोखबाट १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको थियो । उनको प्रारम्भिक पढाइ नरदेवीकै जलजला स्कुलमा भएको र माध्यमिक तहको पढाइ तीनकुनेको भीएस निकेतनमा भएको थियो । स्नातक तहको पढाइ काठमाडौंको ह्वाइट हाउस कलेजमा भएको थियो ।

स्नातकोत्तर तहको पढाइ उनले भारतको बैंगलोरस्थित विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट गरेका हुन् । उनी सिभिल इन्जिनियर, संरचनात्मक अनुसन्धानकर्ता तथा काठमाडौंका पूर्वमेयरका रूपमा परिचित छन् ।

पूर्वाधार विकास, सम्पदा संरक्षण र सार्वजनिक नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा उल्लेखनीय योगदान दिएका थिए । शाहले पुल, सडक तथा भवन निर्माणका विभिन्न परियोजनामा काम गरेका छन् ।
अनुसन्धानसँगै सम्पदा संरक्षण, संरचनागत सुरक्षा, पर्यटनमार्फत आर्थिक विकास तथा परम्परागत नेवाः वास्तुकलामा रुचि राख्ने उनी लेखक तथा गायक पनि हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments