विराटचोकः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
निगमका अनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टीतेल १५५ रुपैयाँ प्रतिलिटरमा पाइनेछ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ तोकिएको छ ।