Wednesday, December 25, 2024
Homeफिचरएनआईबिएल स्टेबल फण्डको इकाइ आजदेखि बिक्री शुरु

एनआईबिएल स्टेबल फण्डको इकाइ आजदेखि बिक्री शुरु

विराटचोकः एनआईएमबि एस क्यापिटल लिमिटेडले आजदेखि नयाँ सामुहिक लगानी कोषका लागि एनआईबिएल स्टेबल फण्ड नामक एकाइ प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्ने भएको छ ।

१ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागिएको र सोमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको तथा १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरिएको जनाइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणले किन्न पाउने भएका हुन् ।

लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतममा १ करोड इकाईसम्म माघ ५ गतेभित्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा माघ १६ गतेसम्म आवेदन दिने म्याद थप गर्न सकिने बताइएको छ । निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिदका लागि आवेदन आएमा पनि इकाईको बाँडफाँड गरिने र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गरिने बताइएको छ ।

बन्दमुखी प्रकृतिको सो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । १२ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments