Tuesday, December 24, 2024
Homeफिचरराष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिलाको नेतृत्व

राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिलाको नेतृत्व

सुन्दरहरैंचाः ओमदेवी मल्ल राष्ट्रिय सहकारी संघको पहिलो महिला अध्यक्ष बनेकी छिन् । सहकारीको छाता संगठन राष्ट्रिय सहकारी महासंघको ३१ औं वार्षिक साधारण सभाले मल्ललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

अन्तरराष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य समेत भइसकेकी मल्ल संविधानसभा सदस्य पनि हुन् ।

मल्लको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डीबी बस्नेत र इन्दिरा पन्त रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम तुलाचन चयन भएका छन् ।

महासंघको सञ्चालक सदस्यमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जीसी, बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन भएका छन् ।

लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी चयन भएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments