Tuesday, December 24, 2024
Homeखेलकुदमाघेनी गोल्डकपमा धनकुटाको महालक्ष्मीद्वारा मोरङको सुन्दरहरैंचा पराजित

माघेनी गोल्डकपमा धनकुटाको महालक्ष्मीद्वारा मोरङको सुन्दरहरैंचा पराजित

धर्मदेवीः धर्मदेवी नगरपालिकाको आँखीभुइँ खेल मैदानमा भएको टुवोर्ग माघेनी गोल्डकपको उपाधि धनकुटाको महालक्ष्मी नगरपालिकाले जितेको छ । फाइनल खेलमा महालक्ष्मीले मोरङको सुन्दरहरैँचा नगरपालिकालाई ३–१ को गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

खेल शुरु भएको केही मिनेटमै तीर्थ बस्नेतले महालक्ष्मीका लागि गोल गरेका थिए । यता सुन्दरहरैँचाले पनि बराबरी गर्ने अवसर सिर्जना गरे पनि गोलले जाली चुम्न सकेन । पहिलो हाफमा १–० को अग्रता बनाएको महालक्ष्मीले दोस्रो हाफमा अग्रता दोब्बर बनाएको थियो । महालक्ष्मीका लागि दोस्रो गोल सनिस लिम्बूले गरेका थिए ।

त्यसको केही समयपछी सुन्दरहरैँचाका सुजन चौधरीले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए पनि लगत्तै महालक्ष्मीका तीर्थ बस्नेतले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसपछि दुवै पक्षबाट गोल हुन नसकेपछि १ का विरुद्ध ३ गोल गर्दै महालक्ष्मी नगरपालिकाले उपाधि चुमेको हो ।

विजयी महालक्ष्मीले ट्रफी र मेडलसहित १ लाख २५ हजार नगद प्राप्त गर्याे भने उपविजेता बनेको सुन्दरहरैँचाले ७५ हजार नगदमा चित्त बुझायो ।

खेलको म्यान अफ द म्याच महालक्ष्मीका सनिस लिम्बू घोषित भए । उनले नगद १ हजार १ सय सहित एक कार्टुन चाउचाउ प्राप्त गरे ।

उदीयमान खेलाडी सुन्दरहरैँचाका रुपेश माझी चुनिए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकको उपाधी महालक्ष्मीबाट क्रमशः तीर्थ बस्नेत र कृष्ण क्षेत्रीले हात पारे । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि भने सुन्दरहरैँचाका सुजन चौधरीले पाए । विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ५\५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा कोशी प्रदेशका ८ वटा पालिका सहभागी थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments