काठमाडौंः माघ ८ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ । अब बहिरङ्ग सेवाको ५० रुपैयाँ र इमर्जेन्सी सेवाबापतको शुल्क १०० रुपैयाँ लाग्ने गरी माघ ८ गतेबाट लागू गरिने उनले बताए ।
यसअघि बहिरंग सेवा शुल्क १०० र इमर्जेन्सी सेवा शुल्क ४०० रुपैयाँ रहेको थियो । बोर्डले स्वास्थ्य सुविधा नलिएका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । नियमित स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिने बोर्डले जनाएको छ ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारबापतको शोधभर्ना रकम दुई् महिनामा उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ ।