Friday, March 27, 2026
Homeसमाचारआज र भोलि देशभर पानी पर्ने, पूर्वी क्षेत्र बढी प्रभावित हुने

आज र भोलि देशभर पानी पर्ने, पूर्वी क्षेत्र बढी प्रभावित हुने

विराटचोकः जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिमी वायु सक्रिय भएर हल्कादेखि मध्यम वर्षा हुनुका साथै हावाहुरी चल्ने अनुमान गरेको छ ।

पश्चिमी वायुको प्रभावका कारण भारत र आसपासका क्षेत्रहरूमा पानी पार्ने बादलको बाक्लो तह देखिएको र त्यसले नेपालमा पनि असर गर्ने विभागले जनाएको हो । भारतका विभिन्न क्षेत्रमा सावधानीका लागि भारत सरकारले अनुरोध गरेको छ ।

विभागका अनुसार अहिलेको प्रणालीले पश्चिम तराईमा वर्षाको सम्भावना थोरै भए पनि अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । वर्षाको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम हुने सम्भावना रहेको बताइएको छ ।

यसअघि चैत ६ र ७ गते पनि देशभर वर्षा भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments