Tuesday, March 24, 2026
Homeअर्थबीमाबीमा प्राधिकरणले कारवाही गर्याे ४ बीमा कम्पनीलाई

बीमा प्राधिकरणले कारवाही गर्याे ४ बीमा कम्पनीलाई

काठमाडौंः आफूले दिएको निर्देशन उल्लङ्घन गरेको जनाउँदै नेपाल बीमा प्राधिकरणले तीन जीवन बीमा कम्पनी र एउटा निर्जीवन बीमा कम्पनीलाई कारवाही गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई कारवाही गरिएको प्राधिकरणले जनाएको छ । ती कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको बताइएको छ ।

हिल्टन होटल पुनर्बीमाको विवादमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बीमा दलाल)ले पनि कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बीमा ऐन, २०७९ बमोजिम कबुलियतनामसम्बन्धी कारबाही गरिएको छ । हिमालयन रि इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । एलियन्ट पुनर्बीमा ब्रोकरको लाइसेन्स तीन महिना निलम्बन गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा हिल्टन होटलमा क्षति पुगेपछि ६ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भएको थियो । नियमअनुसार ‘हुलदङ्गा तथा आतङ्कवाद जोखिम’को पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा मात्र गर्नुपर्ने प्रावधान छ । तर, ओरियन्टल इन्स्योरेन्सले एलियण्ट ब्रोकरमार्फत् उक्त जोखिमको पुनर्बीमा शुल्क प्रिमियम) निजी क्षेत्रको हिमालयन रि इन्स्योरेन्सलाई तिरेको प्रमाण भेटिएको थियो ।

होटलमा क्षति पुगेर ६ अर्बको दाबी आएपछि हिमालयन रिइन्स्योरेन्सलाई बचाउन उक्त दायित्व सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्समा सार्ने प्रपञ्च रचिएको प्राधिकरणको छानबिनले देखाएको थियो । नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले शुरुमा पुनर्बीमा प्रस्ताव अस्वीकार गरी निजी कम्पनीलाई फाइदा पुर्याएको र क्षति भएपछि पुनः सरकारी कम्पनीलाई नै भार पार्न खोजेको निष्कर्ष प्राधिकरणले निकालेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments