विराटचोकः आज सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको भाउ प्रति तोला ४ हजार ४२५ रुपैयाँ तोकिएको छ ।
माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।





