Monday, March 23, 2026
Homeअर्थशेयर२ घण्टामा ८ अर्ब रुपैयाँको भयो शेयर कारोबार

२ घण्टामा ८ अर्ब रुपैयाँको भयो शेयर कारोबार

विराटचोकः साताको दोस्रो दिन आज शेयर बजारमा क्रेता र बिक्रेताबीच मोलमोलाइ भइरहेको छ । जसका कारण शेयर बजार तलमाथि गरिरहेको छ ।

दिउँसो १ बज्दा नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक झण्डै ८ अङ्क घटेर २९२३ आसपास कारोबार भइरहेको छ । बजारमा भएको उतारचढावका कारण ८ अर्ब २ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

दुई घण्टामा ८ अर्ब २ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै शिवम् सिमेण्टको ३८ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि कुमारी बैंक, नेशनल हाइड्रोपावर, सालपा विकास बैंक र युनियन हाइड्रोपावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

५ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । यसरी मूल्य बढ्ने कम्पनीमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रो लिमिटेड र होटल फरेस्ट इन रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments