विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका–२ हिमाल चोकस्थित सडक छेउको नालीमा ३४ वर्षीय अनिल (गोविन्द) अधिकारी मृत फेला परेका छन् ।
आज बिहान स्थानीयले नालीमा घोप्टो अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोली पुगेर अनुसन्धान शुरु गरेको छ ।
उनी रातको समयमा साइकलमा घर फर्किँदै गर्दा नालीमा खसेको हुन सक्ने देखिएको छ । घटनास्थल नजिकै साइकल पनि फेला परेको छ । उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।





