Saturday, March 21, 2026
Homeअर्थसुनचाँदीयो साता १९ हजार ७०० रुपैयाँले घट्यो सुनको दाम

यो साता १९ हजार ७०० रुपैयाँले घट्यो सुनको दाम

विराटचोकः यो साता सुनको मूल्यमा १९ हजार ७०० रुपैयाँ घटेको छ ।

फागुन २९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला ३ लाख १४ हजार २०० रहेको थियो । चैत ६ गते शुक्रबार सुनको मूल्य घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत १ गते आइतबार सुनको मूल्य तीन लाख ९ हजार ४०० रुपैयाँमा झरेको थियो ।

चैत २ गते सोमबार १०० रुपैयाँले बढेर तीन लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चैत ३ गते मंगलबार पनि सुनको मूल्य ४०० रुपैयाँ बढेर प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चैत ४ गते बुधबार सुनको मूल्य २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चैत ५ गते बिहीबार ५ हजार ४०० रुपैयाँले सुनको मूल्य घटेर प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चैत ६ गते शुक्रबार सुनको मूल्य ७ हजार ८०० रुपैयाँले घटेर प्रति तोला २ लाख ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments