काठमाडौंः रातिको वर्षाका कारण आएको रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो ।
सडक विभाग र स्थानीय तहसँगको समन्वयमा राजमार्ग खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अहिले काभ्रेतर्फका सवारीसाधनहरुलाई भकुण्डे र कटुन्जेमा राखिएको छ । सिन्धुलीतर्फका सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा राखिएको प्रहरीले जनाएको छ ।





