Saturday, March 21, 2026
Homeराजनीतियी हुन् रास्वपाबाट सांसद भएका सेलिब्रेटी

यी हुन् रास्वपाबाट सांसद भएका सेलिब्रेटी

विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट केही सेलिब्रेटीहरू पनि संघीय संसदमा पुगेका छन् ।

रिमा विश्वकर्मा र अनुष्का श्रेष्ठले संसदको यात्रा तय गरेका हुन् । रिमा विश्वकर्माले पत्रकारिता तथा मिडिया क्षेत्रबाट आफ्नो करियर सुरु गरेकी थिइन् । रास्वपाले उनलाई दलित महिला समूहबाट समानुपातिक प्रणालीअन्तर्गत मनोनयन गरेको हो । उनी अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता पनि हुन् । राजनीतिमा आउनुअघि उनले ‘नेपाल आइडल’ गायन रियालिटी शो सञ्चालन गरेकी थिइन् ।

अनुष्का श्रेष्ठ सन् २०१९ की मिस नेपाल विजेता हुन् । उनलाई रास्वपाले आदिवासी जनजाति महिला समूहबाट समानुपातिक प्रणालीमार्फत् मनोनयन गरेको हो । मिस वर्ल्ड प्रतियोगितामा उनले ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेकी थिइन् । पछि उनी सफल उद्यमीका रूपमा स्थापित भएर स्थानीय उत्पादन प्रवर्द्धनका लागि दक्षिण एशियाका शीर्ष १० महिला उद्यमीको सूचीमा समेत परेकी थिइन् ।

उनले सन् २०२० मा स्थापना गरेको ‘माकुसी’ चकलेट ब्रान्ड सफल व्यावसायिक उत्पादन हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments