Friday, March 20, 2026
Homeफिचरसुन्दरहरैंचाको १७ औँ नगरसभामा ६ वटा प्रस्ताव पारित

सुन्दरहरैंचाको १७ औँ नगरसभामा ६ वटा प्रस्ताव पारित

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको १७ औँ नगरसभा विभिन्न ६ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

आज सुन्दरहरैंचा–४ गोदावरी रिसोर्टमा नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा भएको नगरसभाले ती प्रस्ताव पारित गरेको हो । बैठकले सभाकी उपाध्यक्ष नगर उपप्रमुख अकली चौधरीले प्रस्ताव गर्नुभएका २ वटा विधेयक, विधायन समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएका २ वटा विधेयक र नगर प्रमुख केदारप्रसाद गुरागाईँले प्रस्तुत गर्नुभएको एउटा प्रस्ताव पारित गरेको हो ।

उपप्रमुख चौधरीले दुई वटा विधेयक प्रस्ताव गर्नुअघि नगरपालिकाले चालु आर्थिक वर्षमा गरेको कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यसपछि उहाँले सुन्दरहरैंचा नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२ र सुन्दरहरैंचा नगरपालिकाको विनियोजन ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२ प्रस्तुत गर्नुभएको थियो ।

सभाध्यक्ष गुरागाईँले त्यसपछि विधायन समितिका संयोजक न्यौपानेलाई नगरसभामा प्रस्तुत गरिने अन्य विधेयक प्रस्तुत गर्न अनुरोध गर्नुभएको थियो । विधायन समितिका संयोजक न्यौपानेले सुन्दरहरैंचा नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, सुन्दरहरैंचा नगरपालिकाको जलस्रोत उपयोग तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८२ र सुन्दरहरैंचा नगरपालिकाको न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२ प्रस्तुत गर्नुभएको थियो ।

त्यसपछि नगरसभा सदस्यलाई आफ्ना धारणा वा कुनै प्रस्ताव वा जिज्ञासा राख्न शून्य समय दिइएको थियो । सो समयमा २ जना सदस्यले जिज्ञासा राख्नुभएको थियो ।

सभामा उठेका जिज्ञासाको जवाफ दिनुका साथै सभाध्यक्ष गुरागाईँले नगरसभामा प्रस्तुत भएका पाँच वटै विधेयक पारितका लागि निर्णयार्थ पेश गरेपछि सबै विधेयक सर्वसम्मत पारित भएका थिए ।

छैटौँ तथा विशेष प्रस्तावको रुपमा नगर प्रमुख गुरागाईँले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अभिलेखीकरण राख्ने विशेष प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव पनि सभाले सर्वसम्मत पारित गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments