Thursday, March 19, 2026
Homeराजनीतिसमानुपातिक सांसद सबैभन्दा धेरै काठमाडौंका १७ जना

समानुपातिक सांसद सबैभन्दा धेरै काठमाडौंका १७ जना

विराटचोकः प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ११० सांसद निर्वाचित भएका छन्, तीमध्ये ३७ जिल्लाबाट भने कुनै पनि दलका उम्मेद्वार समानुपातिक सांसद भएनन् । काठमाडौं जिल्लाबाट भने सबैभन्दा धेरै १७ जना समानुपातिक सांसद भएका छन् ।

काठमाडौंपछि धेरै समानुपातिक सांसद हुनेमा झापा जिल्ला परेको छ । झापाबाट ६ जना समानुपातिक सांसद भएका छन् ।

धादिङ र मोरङबाट समान पाँच–पाँच जना, सुनसरी, सिराहा, धनुषा, दाङ र कञ्चनपुरबाट समान चार–चार जना उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, ताप्लेजुङ, महोत्तरी, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, बाग्लुङ, रुपन्देही, कैलालीबाट समान तीन–तीन जना तथा संखुवासभा, रौतहट, सप्तरी, चितवन, गोरखा, नवलपरासी, बर्दिया, सुर्खेत, कालिकोट र डडेल्धुराबाट दुई–दुई जना निर्वाचित भएका छन् ।

पाँचथर, सोलुखुम्बु, सर्लाही, बारा, पर्सा, मकवानपुर, नुवाकोट, दोलखा, तनहुँ, पाल्पा, स्याङ्जा, बाँके र अछामबाट एक–एक जना समानुपातिकतर्फ विजयी भएका छन् ।

३७ जिल्लाबाट भएनन् समानुपातिक सांसद, मधेसका सबै जिल्लाबाट भयो प्रतिनिधित्व

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments