विराटचोकः जल तथा मौसम विज्ञान विभागले चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक काम नपरी घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
विभागका अनुसार ३३ मिटर प्रतिसेकेण्ड अर्थात् करिब ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने विभागको अनुमान छ ।
विभागले रुख ढल्ने, कमजोर संरचना उड्ने र विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिमका कारण सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज दिउँसो विभागल जारी गरेको सार्वजनिक सूचनाअनुसार शुक्रबार दाङ र नेपालगञ्जसहितका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना छ ।
शनिबार विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने अनुमान छ ।
अघिल्लो साता आएको हावाहुरीले देशका विभिन्न स्थानमा जनधनको क्षति गरेको थियो ।





