काठमाडौंः प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ११० सांसद निर्वाचित भएका छन्, तीमध्ये ३७ जिल्लाबाट भने कुनै पनि दलका उम्मेद्वार समानुपातिक सांसद भएनन् ।
११० जना समानुपातिक सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९ जना, श्रम संस्कृति पार्टीका ४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना सांसद छन् ।
११० जना सांसदमध्ये काठमाडौंबाट सबैभन्दा धेरै १७ जना समानुपातिक सांसद निर्वाचित भएका छन्, जसमा रास्वपाका १० जना छन् ।
आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीअनुसार विजयी उम्मेद्वारहरूको नागरिकता जारी भएको जिल्लालाई आधार मान्दा ४० जिल्लाबाट सांसद निर्वाचित भएका छन् भने ३७ जिल्लाबाट छैनन् ।
मधेश प्रदेशका सबै जिल्लाबाट समानुपातिक सांसद बनेका छन् ।
यी हुन् समानुपातिक सांसद नभएका ३७ जिल्ला
कोशी प्रदेश (७ जिल्ला)ः धनकुटा, तेह्रथुम, भोजपुर, इलाम, खोटाङ, ओखलढुङ्गा र उदयपुर ।
बागमती प्रदेश (४ जिल्ला)ः रसुवा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुली ।
गण्डकी प्रदेश (७ जिल्ला)ः नवलपुर, मुस्ताङ, पर्वत, म्याग्दी, लमजुङ, कास्की र मनाङ ।
लुम्बिनी प्रदेश (६ जिल्ला)ः रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, प्युठान, गुल्मी र अर्घाखाँची ।
कर्णाली प्रदेश (८ जिल्ला)ः रुकुम पश्चिम, जुम्ला, सल्यान, दैलेख, जाजरकोट, हुम्ला, मुगु र डोल्पा ।
सुदूर पश्चिम (५ जिल्ला)ः बझाङ, बाजुरा, डोटी, दार्चुला र बैतडी ।





