विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला ३ लाख २ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य ५ हजार १० रुपैयाँ निर्धारण गरिएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको थियो ।





