Thursday, March 19, 2026
Homeशिक्षा र स्वास्थ्यआज नीमको तेल लगाउने र नीमको पात खाने दिन

आज नीमको तेल लगाउने र नीमको पात खाने दिन

विराटचोकः आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा नीमको तेल लगाउने दिन हो ।

आगामी मिठासको पर्खाइका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता छ । नीमलाई तीतो अमृतका रूपमा लिने गरिएको छ । नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल शुरु हुनुअघि खाने चलन छ । सौर्यमासअनुसार बैशाख १ गते नयाँ वर्ष शुरु हुने भए पनि चन्द्रमासअनुसार चैतशुक्ल प्रतिपदा अर्थात् आजदेखि नववर्ष शुरु हुन्छ ।

त्यसो त नीमको पातलाई नैरोग्यको प्रतिकका रूपमा पनि लिने गरिन्छ । नीम प्राचिनकालदेखि नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको वनस्पति हो । नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी भाग स्वास्थ्यकर हुने प्रमाणित मान्यता छ ।

नीमको पात खानाले पेटका रोग हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत तथा मुलायम हुने विश्वास गरिन्छ । हाम्रो शरीर, छाला तथा कपालको लागि नीम अत्यन्तै फाइदाजनक औषधि मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments