Thursday, March 19, 2026
Homeसमाचारप्रथम शैक्षिक महोत्सवदेखि निर्वाचन गतिविधिसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित फागुन महिनाका समाचारहरू

प्रथम शैक्षिक महोत्सवदेखि निर्वाचन गतिविधिसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित फागुन महिनाका समाचारहरू

विराटचोकः प्रतिनिधिसभाको निर्वाचनका कारण तुलनात्मक रुपमा फागुन महिनामा सुन्दरहरैंचामा अन्य गतिविधि कम भए । तैपनि सुन्दरहरैंचाले पहिलो पटक गरेको शैक्षिक मेलाले सुन्दरहरैंचामा नवीन कार्यको थालनी भएको भनी प्रशंसा भयो ।

यी हुन् फागुन महिनाका समाचारहरू
फागुन २ः विविध कार्यक्रमका साथ सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न ।

फागुन २ः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा सम्पन्न प्रदेश स्तरीय अन्तर–विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिताअन्तर्गत सिनियर र जुनियर दुवै तर्फको विधामा हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा तेस्रो ।

फागुन २ः मोरङको सुन्दरहरैंचा नगरपालिकाले पहिलोपटक शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ । विराटचोकस्थित औद्योगिक प्रदर्शनीस्थलमा महोत्सव हुने भएपछि त्यसको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरी नगरपालिकाले पहिलो पटक औपचारिक रुपमा कार्यक्रमको बारेमा जानकारी प्रदान ।

फागुन ३ः महाशिवरात्रीको अवसरमा शिवपाञ्चायन मन्दिर सुन्दरहरैंचा–७ गोठगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा–५ मा रहेको नयाँ वृन्दावन गौशालाका संरक्षक पण्डित दीनबन्धु शास्त्रीले फागुन २१ गते हुने निर्वाचनमा हिन्दू धर्मको वकालत गर्ने पार्टीलाई मतदान गर्न अनुरोध । नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पनि माग्नुभयो राप्रपाका लागि मत ।

फागुन ४ः नझरेका फूलहरूको आयोजनामा लोकप्रिय गायक गणेश पराजुली तथा गायिका यशोदा पराजुलीसँग कलात्मक अन्तरङ्ग समारोह सम्पन्न भएको छ । कार्यक्रममा पराजुली दम्पत्तिले आधा दर्जन कालजयी गीतहरू सुनाउनुभएको थियो ।

फागुन ४ः मोरङको सुन्दरहरैंचा नगरपालिकाले पहिलोपटक शैक्षिक महोत्सव शुरु । विराटचोकस्थित औद्योगिक प्रदर्शनीस्थलमा महोत्सव शुरु ।

फागुन ६ः सुन्दरहरैंचा नगरपालिकाले पहिलोपटक आयोजना गरेको शैक्षिक महोत्सव सम्पन्न । विराटचोकस्थित औद्योगिक प्रदर्शनीस्थलमा भएको महोत्सवमा सुन्दरहरैंचाका ८७ वटा विद्यालयका साथै बेलबारी र केराबारीका एउटाएउटा विद्यालय सहभागी थिए ।

फागुन ८ः हिमालय इङ्लिस स्कुलको दशौं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

फागुन १७ः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ का ५० जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश ।

फागुन १९ः निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सँग आबद्ध सुन्दरहरैंचा–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईँ र झापाको दमक नगरपालिका वडा नम्बर ५ बस्ने ३७ वर्षीय सुमन पौडेल कानेपोखरीबाट पक्राउ ।

फागुन २१ः प्रतिनिधिसभा सदस्य चयनका लागि भएको निर्वाचनमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को पञ्चायत मावि मतदान केन्द्र र वडा नम्बर १० को सुकुना मावि मतदान केन्द्रमा किरियापुत्रीद्वारा मतदान ।

फागुन २९ः सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैंचा–१० को ३१ औँ वर्षिकोत्सव शुरु । वार्षिकोत्सव तीन दिन सञ्चालन हुने ।

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित माघ महिनाका समाचारहरू

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित पुस महिनाका समाचारहरू

खेलकुद, हात्ती आतङ्क, स्वास्थ्य शिविर र विभिन्न प्रतियोगितालगायत यी हुन् मंसिर महिनामा सुन्दरहरैंचासँग सम्बन्धित समाचारहरू

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments