इटहरीः कोशी प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको कोशी एक्सिलेन्स अवार्डको तयारी अन्तिम चरणमा प्रवेश गरेको छ ।
नयन मिडिया फाउण्डेशनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रम यस वर्ष अझ व्यवस्थित, भव्य र प्रभावकारी रूपमा आयोजना हुने फाउण्डेशनका अध्यक्ष पवन अधिकारीले बताउनुभयो ।
विभिन्न १६ विधामा प्रदान गरिने अवार्डका साथै कोशी प्रदेशका १० भन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने फाउण्डेशनले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार अहिले अवार्ड निर्माणका साथै ७ गते इटहरीको सोल्टी वेस्टन्डमा हुने कार्यक्रमको व्यवस्थापकीय काम भइरहेको छ ।
अवार्डलाई सफल बनाउन कोशी प्रदेशबाट सञ्चालित अनलाईन पत्रिका प्रदेश खबरडटकम टाइटल स्पोन्सरका रुपमा रहेको छ । २०७९ सालमा स्थापना भएको प्रदेश खबरले कोशी प्रदेशमा रहेर पत्रकारिताको क्षेत्रमा योगदान गरिरहेको छ ।
यस्तै सामाजिक सुरक्षा कोषसँगको सहकार्य इन एसोसिएसन विथ आयोजना हुँदैछ । श्रमिक तथा कर्मचारीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको सामाजिक सुरक्षा कोषको सहकार्यले कार्यक्रमलाई थप संस्थागत र विश्वसनीय बनाउने अपेक्षा आयोजकले गरेको छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ र इटहरी उपमहानगरपालिकाको प्रवद्र्धनमा आयोजना हुने अवार्ड कार्यक्रमले कोशी प्रदेशमा पर्यटन प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । २०८२ लाई कोशी सरकारले मनाइको पर्यटन वर्ष र यो सहकार्यले प्रदेशको पर्यटन सम्भावनालाई थप उजागर गर्ने आयोजकको भनाइ छ ।
अवार्डमा अन्तर्राष्ट्रिय उडान साझेदारका रूपमा नेपाल एयरलाइन्स जोडिएको छ । राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीका रूपमा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमार्फत देशको पर्यटन, व्यापार र आवागमन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कार्यक्रमको एक्सक्लुसिभ पार्टनरका रूपमा नेपाल बैंक लिमिटेड, निमाटो टायल्स र प्रिमियर स्टिल रहेका छन् । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले वित्तीय सेवामा विश्वासको परम्परा कायम राख्दै आएको छ ।
सरकार र सर्वसाधारणको संयुक्त लगानीमा स्थापना भएको यस बैंकले ७१ जिल्लामा २३१ शाखा, ६१ एक्सटेन्सन काउन्टर र २३६ एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।
परम्परा र विश्वासलाई आधुनिक बैंकिङसँग जोड्दै नेपाल बैंक लिमिटेडले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
निर्माण क्षेत्रमा गुणस्तरीय सामग्री उत्पादन गर्दै आएको निमाटो टायल्स र आधुनिक प्रविधिबाट उच्च गुणस्तरका टीएमटी रड उत्पादन गर्ने प्रिमियर स्टिलले पनि नेपालको निर्माण तथा औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
देशका प्रतिष्ठित बैंक, बीमा कम्पनी, उद्योग, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा आतिथ्य क्षेत्रका अग्रणी संस्थाहरू समेत कोशी एक्सिलेन्स अवार्डको साझेदारका रूपमा जोडिएपछि कार्यक्रमले थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको फाउण्डेशनका अध्यक्ष अधिकारीले जनाए ।
आयोजकका अनुसार निजी क्षेत्रका यस्ता स्थापित संस्थाहरूको सहकार्यले अवार्डलाई विश्वसनीय, प्रभावकारी र दीर्घकालीन रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्नेछ । सामाजिक उत्तरदायित्व, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, उद्योग र उद्यमशीलताको प्रवद्र्धनमा योगदान दिँदै आएका संस्थाहरूको सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाउने विश्वास गरिएको छ ।
हिमालयन बैंक पनि अवार्डको बैंकिङ साझेदारका रूपमा जोडिएको छ । देशभर १७४ शाखा र २० एक्सटेन्सन काउन्टरमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको हिमालयन बैंक नेपालमै पहिलो पटक टेलिबैंकिङ सेवा सञ्चालन गर्ने अग्रणी बैंक पनि हो ।
पाकिस्तानको हबिब बैंक लिमिटेडसँगको संयुक्त लगानीमा स्थापित यस बैंकले सिभिल बैंकसँगको मर्जरपछि विभिन्न निक्षेप योजना, प्रिमियर सेभिङ एकाउन्ट तथा एचबीएल प्रोपर्टी कार्डजस्ता सेवामार्फत ग्राहकको विश्वास जित्दै आएको छ ।
ज्योति विकास बैंक पनि अवार्ड कार्यक्रमसँग जोडिएको छ । नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त यस विकास बैंकले देशभर ११८ शाखा र ७५ एटीएममार्फत डिजिटल बैंकिङ सेवा विस्तार गर्दै आएको छ । प्रविधिमैत्री बैंकिङ प्रणालीमार्फत गाउँ–सहरका ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउँदै आएको बैंकले वित्तीय समावेशीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
हवाई सेवा क्षेत्रमा अग्रणी निजी कम्पनी यति एयरलाइन्स पनि कार्यक्रमको साझेदार बनेको छ । आधुनिक एटीआर ७२–५०० विमानमार्फत् हिमाल, पहाड र तराईलाई जोड्दै आएको यस एयरलाइन्सले सुरक्षित र सहज हवाई यात्राका साथै दुर्गम समुदायको विकास तथा पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको छ ।
उद्योग क्षेत्रमा बजरङ्ग स्टिल र प्रिमियर स्टिल जस्ता प्रतिष्ठित कम्पनीहरूले पनि अवार्ड कार्यक्रमलाई साथ दिएका छन् । आधुनिक प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत् गुणस्तरीय स्टिल उत्पादन गर्दै आएका यी उद्योगहरूले नेपालको निर्माण क्षेत्रमा बलियो आधार तयार पार्दै आएका छन् । पूर्वी नेपालमा निर्माण क्षेत्रको विकासमा यस्ता उद्योगहरूको योगदान महत्वपूर्ण मानिन्छ ।
रङ उद्योगमा अग्रणी एशियन पेन्ट्स नेपाल पनि कार्यक्रमसँग जोडिएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा उत्पादन हुँदै आएको एशियन पेन्ट्सले घर, कार्यालय तथा व्यावसायिक संरचनालाई टिकाउ र आकर्षक रङ प्रदान गर्दै वर्षौंदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको छ ।
स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएको नवदृष्टि आँखा अस्पताल पनि कार्यक्रमको साझेदार बनेको छ । इटहरीमा स्थापित यस अस्पतालले आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत् कोर्निया, रेटिना, ग्लौकोमा, बाल आँखा रोग, न्युरो–अफ्थाल्मोलोजी लगायतका सेवा प्रदान गर्दै नेपाल र भारतका हजारौँ बिरामीलाई उपचार सेवा दिँदै आएको छ ।
बीमा क्षेत्रमा एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स जस्ता संस्थाहरू पनि कार्यक्रमसँग जोडिएका छन् । व्यक्तिगत तथा व्यवसायिक जोखिम व्यवस्थापनका लागि विभिन्न बीमा सेवा प्रदान गर्दै आएका यी संस्थाहरूले आर्थिक सुरक्षा र भविष्य सुनिश्चित बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
त्यसैगरी, आतिथ्य तथा पर्यटन क्षेत्रमा स्काइ लक्स होटल र होटल भेरान्डा जस्ता होटलहरूले पनि कार्यक्रमलाई साथ दिएका छन् । आधुनिक सुविधा, उत्कृष्ट सेवा र आरामदायी वातावरणमार्फत यी होटलहरूले पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई सशक्त बनाउँदै आएका छन् ।
उद्योग क्षेत्रबाट अरिहन्त मल्टी–फाइबर्स जुट उद्योग पनि कार्यक्रमसँग जोडिएको छ । गोल्छा अर्गनाइजेशनअन्तर्गत सञ्चालनमा रहेको यस उद्योगले हजारौँलाई रोजगारी प्रदान गर्दै वातावरणमैत्री जुट उत्पादनमार्फत् नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
युवा उद्यमशीलताको विकासका लागि सक्रिय संस्था सिएनआइवाईइएफ कोशी पनि कार्यक्रमको सहकार्यमा रहेको छ । युवा उद्यमीहरूलाई तालिम, नेटवर्किङ, अन्तरक्रिया तथा विभिन्न कार्यक्रममार्फत् उद्यमशीलताको वातावरण सिर्जना गर्ने उद्देश्यले यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
स्वास्थ्य र पोषण क्षेत्रमा काम गर्दै आएको प्राइन विलविङ प्रालिले पनि कार्यक्रमलाई साथ दिएको छ । सन्तुलित पोषण, न्युट्रास्युटिकल्स तथा स्वास्थ्यसम्बन्धी वैज्ञानिक नवप्रवर्तनमार्फत् स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले कम्पनीले काम गर्दै आएको छ ।
यसका साथै अवार्ड कार्यक्रमलाई डिजिटल भुक्तानी सेवामा नेपाल पे पेमेन्ट पार्टनरका रूपमा रहेको छ भने डिजिटल प्रविधिसम्बन्धी सेवामा नेपा एप डिजिटल पार्टनरका रूपमा जोडिएको छ ।
नेपाली पात्रोसम्बन्धी डिजिटल सेवामार्फत् परिचित नेपाली पात्रो क्यालेन्डर पार्टनरका रूपमा रहेको छ ।
शिक्षा क्षेत्रमा इटहरी इन्टरनेसनल कलेज एजुकेसन पार्टनरका रूपमा रहेको छ । विदेश अध्ययनसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको सेल्टा एजुकेयर अब्रड स्टडी पार्टनरका रूपमा कार्यक्रमसँग जोडिएको छ ।
शिक्षा क्षेत्रमा इटहरी नमुना कलेज, विश्व आदर्श कलेज, सुषमा गोदावारी कलेज, अरनिको कलेज, इम्पेरियल कलेज र मोडर्न प्रिपरेटरी स्कुल जस्ता शैक्षिक संस्थाहरूले पनि अवार्ड कार्यक्रमलाई साथ दिएका छन् । आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक र गुणस्तरीय सिकाइमार्फत यी संस्थाहरूले कोशी प्रदेशमा शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।
कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रमा योगदान पुर्याउँदै आएको सुनगाभा फिड्स फिड पार्टनर, सुविधा ग्यास फ्युल पार्टनर तथा मार्भल प्लम्बिङ पार्टनरका रूपमा रहेका छन् ।
स्वास्थ्य तथा सरसफाइसँग सम्बन्धित क्षेत्रमा डर्मा अर्थ स्किन केयर पार्टनरका रूपमा रहेको छ भने सफ्टी हाइजिन हाइजिन पार्टनरका रूपमा जोडिएको छ ।
धितोपत्र बजारसँग सम्बन्धित सेवामा एबीसी सेक्युरिटिज ब्रोकरिज पार्टनरका रूपमा कार्यक्रमसँग आबद्ध भएको छ ।
पर्यटन तथा साहसिक गतिविधि प्रवद्र्धनका लागि द क्लिफ एडभेन्चर पार्टनरका रूपमा रहेको छ भने निर्माण तथा पूर्वाधार क्षेत्रमा काम गर्दै आएको आशीर्वाद निर्माण सेवा कन्स्ट्रक्सन पार्टनरका रूपमा जोडिएको छ ।
फेसन तथा परिधान क्षेत्रमा रोयल एटायर र फेसन वल्र्ड सर्टिङ–सुटिङ पार्टनरका रूपमा रहेका छन् भने घरायसी समग्रीहरुको क्षेत्रमा सेवा दिइरहेको किचन काफ होम एप्लायन्स पार्टनरका रूपमा कार्यक्रमसँग सहकार्यमा रहेको छ ।
रोजगार तथा जनशक्ति व्यवस्थापनसँग सम्बन्धित सेवा प्रदान गर्ने पाथीभरा जब लिंक आउटसोर्सिङ पार्टनरका रूपमा रहेको छ भने टाइम्स इन्ट पब्लिकेशन प्रालि प्रकाशन साझेदारका रूपमा कार्यक्रमसँग जोडिएको छ ।
नेपाल न्युज बैंकले न्युज एजेन्सी पार्टनरका रूपमा अवार्डसँग सहकार्य गरेको छ । बैंकले निजी क्षेत्रबाट समाचार सङ्कलनका साथ देशभरका मिडिया हाउसहरुलाई समाचार वितरण गरिरहेको छ ।
सुनसरी जिल्लाका हरिनगर गाउँपालिका, कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका र मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाले समेत अवार्डसँग सहकार्य गरेका छन् ।
कार्यक्रममा स्मार्ट टेलिफोनी पार्टनरको रूपमा आकाश टेलले सहयोग गरेको छ, जसले कार्यक्रम व्यवस्थापन तथा सञ्चार प्रविधि क्षेत्रमा सहजीकरण प्रदान गर्नेछ ।
कार्यक्रमलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मित्सुबिसी मोटर्स, डिजिटल पेन्ट्स, एक्सपर्ट एजुकेसन इटहरी, गोल्छा लगायत संस्थाहरूले कार्यक्रमलाई सहयोग गरेका छन् ।
अवार्ड कार्यक्रमलाई काफल्सद्वारा व्यवस्थापन गरिएको छ, जसले आयोजनाको सबै प्राविधिक र व्यवस्थापकीय पक्ष सुनिश्चित गरेको कार्यक्रमका व्यवस्थापक समेत रहेका सन्तोष धमलाले जानकारी दिए ।
अवार्ड समारोह कान्तिपुर टेलिभिजन, सप्तकोशी टेलिभिजन र विराट टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने पनि आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस्ता प्रतिष्ठित संस्थाहरूको सहकार्यले कोशी एक्सिलेन्स अवार्ड लाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।
प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्व र संस्थालाई सम्मान गर्दै प्रेरणा दिने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम कोशी प्रदेशकै प्रतिष्ठित अवार्डका रूपमा स्थापित हुँदै गएको आयोजकको विश्वास छ ।
‘उत्कृष्टता, नेतृत्व र नवप्रवर्तनको उत्सव’को नारासहित गत फागुन ७ गते तय भए पनि प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिताका कारण अवार्ड वितरण कार्यक्रम चैत ७ गतेका लागि सरेको थियो ।





