Thursday, March 19, 2026
Homeसमाचारआज पनि हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज पनि हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

विराटचोकः पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज कर्णाली र सुदूर पश्चिमका साथै अन्य प्रदेशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित असिना, वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भू–भागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments