विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउमा गिरावट आएको छ । सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ कायम गरिएको छ ।





