विराटचोकः हालै भएको प्रतिनिधिसभामा विजयी भएका प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज योगाभ्याससँगै शुरु भएको सो पार्टीले जनाएको छ ।
सो पार्टीका अनुसार आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गरिने भएको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।





