Wednesday, March 18, 2026
Homeराजनीतिसंसदीय आचरण सिक्दै रास्वपाका सांसदहरू

संसदीय आचरण सिक्दै रास्वपाका सांसदहरू

काठमाडौंः हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ जना सांसदलाई ललितपुरको ग्वार्कोमा अभिमुखीकरण कार्यक्रम गरी रास्वपाले संसदीय अभ्यास र आचरण सिकाइरहेको छ ।

सो कार्यक्रममा सांसदहरूले संसदीय भूमिका, बोल्ने तरिका, न्याय पाउने अधिकार र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा ज्ञान प्राप्त गरेको बताएका छन् । पदको गरिमा बढाउन, संविधान र कानुनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सांसदहरूलाई निर्देशन दिइएको छ ।

रास्वपाका धेरै सांसद पहिलो पटक निर्वाचित भएका र एक अर्कालाई नचिनेका हुनाले सांसदबीच परिचयको कार्यक्रम पनि गराइएको बताइएको छ । निर्वाचनमा प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ सिट गरी १८२ सिट जितेर रास्वपा ठूलो दल बनेको छ ।

कार्यक्रमले संसदीय अभ्यास बुझ्न सहयोग पुगेको नवनिर्वाचित सांसदहरूले बताएका छन् । सांसदको शपथ लिनुअघिको अभिमुखीकरणले संसदीय अभ्यास बुझ्ने अवसर पाएको नयाँ सांसदको भनाइ थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments