Wednesday, March 18, 2026
Homeसमाचारआज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा वर्षा...

आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना

विराटचोकः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति लुम्बिनी, कर्णाली, सुदूर पश्चिम र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments