विराटचोकः आज चैत महिनाको पहिलो दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदी तोलामा २२५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।





