भोजपुरः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१\०८२ को कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार रामप्रसाद राई गाउँपालिका ७५.६८ अङ्कसहित भोजपुर जिल्लामा पहिलो र कोशी प्रदेशमा तेस्रो स्थानमा परेको छ ।
कोशी प्रदेशका ८८ गाउँपालिकामध्ये रामप्रसाद राई गाउँपालिका तेस्रो स्थानमा रहेको छ भने देशभरका ७५३ स्थानीय तहमध्ये २१ औँ स्थान हासिल गरेको आयोगले जनाएको छ ।
गाउँपालिका अध्यक्ष थामबहादुर राईले यो उपलब्धि कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीको सामुहिक प्रयासको परिणाम भएको बताउँदै आगामी वर्ष अझ राम्रो नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





