Sunday, March 15, 2026
Homeराजनीतिकोशी प्रदेशमा १ लाख ३० हजार मत बदर हुँदा सबैभन्दा धेरै मोरङ...

कोशी प्रदेशमा १ लाख ३० हजार मत बदर हुँदा सबैभन्दा धेरै मोरङ क्षेत्र नं. ५ मा १०.४४ प्रतिशत

विराटनगरः हालै सम्पन्न प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा कोशी प्रदेशमा १ लाख ३० हजार ८४७ मत बदर भएको छ । जुन प्रदेशमा खसेको मतको ६ दशमलव २८ प्रतिशत हो ।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको थियो ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सबैभन्दा धेरै मोरङ क्षेत्र नं. ५ मा १०.४४ प्रतिशत मत बदर भएको छ । ७५ हजार ५६५ मत खसेको सो क्षेत्रमा ७ हजार ८८९ मत बदर भएको हो । सबैभन्दा कम बदर मत झापा–५ मा ३.९६ प्रतिशत रहेको छ ।

ताप्लेजुङमा २ हजार ६८६, पाँचथरमा ३ हजार ८९७, इलाम–१ मा ४ हजार ५६६ र इलाम–२ मा ३ हजार ८९५ मत बदर भएको छ ।

झापा–१ मा ४ हजार २६९, झापा–२ मा ४ हजार ४६९, झापा–३ मा ५ हजार ६२९, झापा–४ मा ४ हजार ७६८ र झापा–५ मा ४ हजार २१९ मत बदर भएको छ ।

संखुवासभामा ३ हजार ७८०, तेह्रथुममा १ हजार ९०९, भोजपुरमा ३ हजार ८७१ र धनकुटामा ४ हजार ८८३ मत बदर भएको छ ।

मोरङ–१ मा ४ हजार ८३७, मोरङ–२ मा ६ हजार ५०, मोरङ–३ मा ६ हजार ८२७, मोरङ–४ मा ५ हजार २५६, मोरङ–५ मा ७ हजार ८८९ र मोरङ–६ मा ५ हजार ६४४ मत बदर भएको छ ।

सुनसरी–१ मा ४ हजार ४८९, सुनसरी–२ मा ६ हजार २२९, सुनसरी–३ मा ५ हजार ६११, सुनसरी ४ मा ६ हजार ६७४ मत बदर भएको छ ।

सोलुखुम्बुमा १ हजार ९९०, खोटाङमा ३ हजार ९२८, ओखलढुंगामा ३ हजार ३५६, उदयपुर–१ मा ५ हजार ५४७ र उदयपुर–२ मा ३ हजार ६७३ मत बदर भएको छ ।

मतपत्रमा मतदाताले गर्ने सामान्य त्रुटिका कारण अधिकांश मत बदर हुने गरेका छन् । धेरैजसो मतदाताले स्वस्तिक छाप स्पष्ट रूपमा नलगाउनु, एकभन्दा बढी उम्मेदवारको चुनाव चिन्हमा छाप लगाउनु वा मतपत्र गलत तरिकाले प्रयोग गर्नुजस्ता कारणले मत बदर हुने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments