Thursday, March 12, 2026
Homeराजनीति५१ दलले समानुपातिकमा ३ प्रतिशत मत नल्याएकाले बन्न सकेनन् राष्ट्रिय पार्टी

५१ दलले समानुपातिकमा ३ प्रतिशत मत नल्याएकाले बन्न सकेनन् राष्ट्रिय पार्टी

विराटचोकः फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले ३ प्रतिशतभन्दा कम मत ल्याएका छन् ।

निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित ५७ दलले भाग लिएका थिए । जसमध्ये ६ दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको सदर मतको ३ प्रतिशत मत पाएकाले राष्ट्रिय दल बन्ने भएका छन् । रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकतर्फ दिइएको मतको ३ प्रतिशत मत कटाएका हुन् ।

समानुपातिक प्रणालीमा सम्पूर्ण देशलार्ई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ८ लाख ३५ हजार २७ सदर मत गणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ८३ हजार ४९३ मत ल्याएको छ ।

नेपाली कांग्रेसले १७ लाख ५९ हजार १७२, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ८५५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६८४ मत ल्याएका छन् ।

यी हुन् थ्रेस होल्ड नकटाउने ५१ दल
थ्रेस होल्ड अर्थात् न्यूनतम मत सीमा नकटाउने दलमा जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ८२ हजार २८५, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९३, जनमत पार्टीले ७९ हजार ४३५, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल)ले ६२ हजार ६९ मत ल्याएका छन् ।

नेपाल मजदुर किसान पार्टीले ४२ हजार ३०१, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५७७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२, एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी)ले २८ हजार १७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६१७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २३ हजार ८५१ र मङ्गोल नेशनल अर्गनाइजेशनले २० हजार ८२९ मत पाएका छन् ।

एकल चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल)ले १९ हजार ८३२, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६९५, संयुक्त नागरिक पार्टीले ९८०, स्वाभिमान पार्टीले ८ हजार १३२, राष्ट्रिय जनमुक्ति पार्टीले ७ हजार २०७, नेपाल जनता पार्टीले ७ हजार १५३, राष्ट्रिय एकता दलले ७ हजार ५०, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) ले ६ हजार १६२, राष्ट्रिय गौरव पार्टीले ५ हजार २४१ र नेशनल रिपब्लिक नेपालले ५ हजार १५७ मत ल्याएका छन् ।

नेपालका लागि नेपाली पार्टीले ५ हजार ७, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ४ हजार ८२३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार ६६८, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले ४ हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले ४ हजार ३१२, समाजवादी पार्टी नेपालले ४ हजार २४८, गतिशील लोकतान्त्रिक पार्टीले ४ हजार २४८, नेपाल लोकतान्त्रिक पार्टीले ४ हजार १०० मत पाएका छन् ।

जय मातृभूमि पार्टीले २ हजार ९८१, राष्ट्रिय जनता पार्टी नेपालले २ हजार ९३६, बहुजन शक्ति पार्टी नेपालको २ हजार २६६, नेपाल जनमुक्ति पार्टीले २ हजार १६२, जनअधिकार पार्टीले २ हजार १०५, नेपाल सद्भावना पार्टीले २ हजार १५ मत पाएका छन् ।

पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बीपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वाेच्चता पार्टी नेपाल) ले २ हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

जनप्रिय लोकतान्त्रिक पार्टीले ९५५, मितेरी पार्टी नेपालले ७७२, उन्नत लोकतन्त्र पार्टीले ७३० र त्रिमुल नेपालले ६९४ मत पाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments