Thursday, March 12, 2026
Homeअर्थशेयरशेयर बजारमा नाफा बुकको सिलसिला बुधबार पनि जारी, बजारमा १ दशमलव ६४...

शेयर बजारमा नाफा बुकको सिलसिला बुधबार पनि जारी, बजारमा १ दशमलव ६४ प्रतिशतको गिरावट

विराटचोकः सोमबार लगातार तीन सर्किट लागेर १२ बजे नै बन्द भएको शेयर बजारमा मंगलबार र बुधबार नाफा बुक गर्ने बिक्रेता हाबी भएका छन् । मंगलबार उच्च अंकले घटेको नेप्से परिसूचक बुधबार पनि ४६.७८ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७९६.५७ विन्दुमा अडिएको छ ।

बुधबार नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

सामुहिक लगानी कोषबाहेक सबै समूह राताम्य भएका छन । सामुहिक लगानी कोष ०.३४ प्रतिशतले बढ्दा फाइनान्स समूह २.०८ प्रतिशतले घटेको छ ।

सूचक घटेको बजारमा सालपा विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढ्दा नेशनल हाइड्रोपावरको ९.९६ प्रतिशत र रिलायन्स स्पिनिङ्ग मिल्सको ९.३३ प्रतिशत शेयरमूल्य बढेको छ ।

बजार घटेसँगै कालिका पावर कम्पनीको सेयरभाउ सर्वाधिक ८.४७ प्रतिशतले घट्दा पञ्चकन्या माई हाइड्रोपावरको ५.७७ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ५.३७ प्रतिशत, ट्रेड टावरको ४.४७ प्रतिशत, पियोर इनर्जीको ४.०१ प्रतिशत शेयरमूल्य घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ४ अर्ब ५६ करोड ३१ लाख २४ हजार २८७ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments