विराटचोकः हालै भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बनेका हुन् ।
प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षमा कम्तीमा १ सिट जितेको र समानुपातिकतर्फ खसेको सदर मतको ३ प्रतिशत मत ल्याएको दल राष्ट्रिय पार्टी हुने नियम छ ।







