विराटचोकः आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख १९ हजार रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रति तोला ५ हजार ७२० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३१० रुपैयाँ बढेको थियो ।







