Monday, March 9, 2026
Homeफिचर‘घण्टी’लाई लगानीकर्ताले गरे स्वागत, लगातार तीन सकारात्मक सर्किटपछि १२ बजे नै बन्द...

‘घण्टी’लाई लगानीकर्ताले गरे स्वागत, लगातार तीन सकारात्मक सर्किटपछि १२ बजे नै बन्द भयो शेयर बजार

विराटचोकः चुनावी परिणामसँगै उत्साही भएका शेयर लगानीकर्ताले नेपालको शेयर बजारलाई लगातार हरियो झण्डा देखाइरहे । आज प्रि ओपनमै राम्रो अंकले बढेको शेयर बजार त्यसपछिका सर्किट ब्रेक पनि पार गर्दै ६ प्रतिशत बढेपछि १२ बजेर १ मिनेट जाँदा नै आजका लागि कारोबार बन्द भएको छ ।

निर्वाचनको परिणामअनुसार रास्वपाको स्पष्ट बहुमतको सरकार बन्ने भएपछि शेयर बजारका लगानीकर्ता उत्साहित हुँदा आज बजार खुलेदेखि नै लगातार शेयर बजार बढेर २ मिनेट हाराहारीमात्रै कारोबार भएको हो ।

बजार खुले लगत्तै ४ प्रतिशतले बढेको नेप्सेले २० मिनेटका लागि कारोबार स्थगन गरेको थियो । त्यसपछि खुलेको बजारमा फेरि आधा मिनेट कारोबार नभई ५ प्रतिशतले नेप्से बढेपछि दोश्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

४० मिनेटपछि खुलेको बजार फेरि आधा मिनेट कारोबार नभई थप १ प्रतिशत बढेर छ प्रतिशतको वृद्धि भएपछि आजका लागि कारोबार स्थगित भएको हो ।

आज बजार १६२ दशमलव ९३ अंकले बढेर २८७५ दशमलव ४३ को अङ्कमा अडिएको हो ।

आज कारोबारमा आएकामध्ये रिलायन्स स्पिनिङ मिल्सको मात्रै शेयरमूल्य घट्यो । जम्मा १० कित्ता कारोबार भएको सो कम्पनीको शेयरमूल्य साढे १ प्रतिशत घटेको हो ।

बढेको बजारमा व्यापार समूह सबैभन्दा बढी ७.७३ प्रतिशतले बढ्यो भने लगानी समूहमा ७.०६ प्रतिशतले बढ्यो । बैंकिङ समूह ६ दशमलव ९२ प्रतिशत र जलविद्युत समूह ६ दशमलव ८१ प्रतिशतले बढे ।

५ प्रतिशतले बढेको बजारमा २९ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

५५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा नारायणी डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । रिडी हाइड्रोको सबैभन्दा धेरै ५४ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments