Tuesday, March 10, 2026
Homeकला र साहित्यटीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३ गतेदेखि १५ गतेसम्म हुने

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३ गतेदेखि १५ गतेसम्म हुने

टीकापुरः टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आगामी चैत तेस्रो साता हुने भएको छ । स्थापनाकालदेखि नै ‘साहित्यमार्फत् सामाजिक सद्भाव’को नारा बोकेको टीकापुर साहित्य समाजले तेस्रो संस्करण आउँदो चैत १३ देखि १५ गतेसम्म गर्ने भएको हो ।

महोत्सवको तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष हुने महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले जानकारी दिए । जम्मा २१ बहस सत्र रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्र सञ्चालन हुने भएका छन् ।

हरेक बहस सत्र १\१ घण्टाको हुने भएको छ । १३ चैतमा भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट महोत्सव आरम्भ हुनेछ ।

नेपालमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा थारू समुदायको बाहूल्य छ । थारू भाषा, थारू लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य लिइएको संयोजक शाहले जानकारी दिए । हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्त्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्त्वपूर्ण माध्यम हुने भएकाले महोत्सवको आयोजना गर्न लागिएको उहाँको भनाइ थियो ।

थारू साहित्य तथा सांस्कृतिक विशेष संस्करणमा थारू लोक साहित्य तथा लोक संस्कृतिमाथि विहंगम चर्चा, परिचर्चा तथा बहस हुनुका साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयमाथि पनि सम्बन्धित विषय तथा क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकबीच छलफल, अन्तक्र्रिया र बहस हुने भएको छ ।

महोत्सवलाई चार शृङ्खलाहरूमा विभाजन गरिएको छ । महोत्सवको महत्त्वपूर्ण कार्यक्रमका रूपमा सुदूरपश्चिम प्रदेशका सर्जकका लागि सुदूरपश्चिम कविता महोत्सव आयोजना हुने भएको छ । कविता महोत्सवमा प्रथम हुने कवितालाई १५ हजार‚ द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रूपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको संग्रह पनि प्रकाशन गरिने आयोजकले जनाएको छ । अतिथि आगमनको दिन सहभागीहरूलाई महोत्सवको नारा ‘उडेर, गुडेर, तैरिएर टीकापुर’लाई सार्थकता दिन र टीकापुर भेगको पर्यटन प्रवद्र्धन गर्न कर्णाली नदीमा जलविहार गराइने भएको छ । त्यहीँ साँझ थारू संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले ‘थारू सांस्कृतिक साँझ’ आयोजन गरिने भएको छ । महोत्सव अवधिभर पुस्तक प्रदर्शनीसमेत हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments