गाईघाटः सुरक्षाकर्मी लडेपछि उनले बोकेको बन्दुकबाट निस्किएको गोली लागेर उदयपुरको कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा एउटा मतपेटिकामा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो । गोली पड्किँंदा मतपेटिकामा क्षति भए पनि सो मतपेटिकामा खसेको ४ वटा मतपत्र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
घटनापछि अर्को मतपेटिकामा राखेर अहिले मतदान शुरु भइसकेको प्रहरीले बताएको छ ।







