Wednesday, March 4, 2026
Homeसमाचारपत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौंः पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । मंंगलबार राजधानीको उमोजा क्याफेमा विभिन्न मिडियाका सक्रिय पत्रकारहरुद्वारा संयुक्त रूपमा पुस्तकको विमोचन भएको हो ।

लेखक अनुपमले पहिलो आमनिर्वाचनमा भएको रोचक कुराहरू पुस्तकमा समावेश भएको सुनाए । नेपाली राजनीतिका ‘हेभिवेट’ को पराजय, उक्त चुनावलाई राष्ट्रिय–अन्तराष्ट्रिय मिडियामा भएको कभरेज, बीपी–महेन्द्रबीचको दूरीलगायतका विषयहरू पुस्तकमा रहेको उनले बताए ।

सो पुस्तकमा पहिलो चुनावमा १०९ वटै क्षेत्रको परिणाम, सबै दलका घोषणापत्र लगायतका दस्ताबेज सङ्ग्रह गरिएको छ भने सो चुनावमा सहभागी भएका उम्मेदवार, मतदातालगायतको प्रत्यक्ष संवाद समेत समेटिएको छ ।

अनुपमले यसअघि डोरबहादुर बिस्टद्वारा लिखित अङ्ग्रेजी किताब ‘रिपोर्ट फर्म ल्हासा’को नेपाली अनुवाद ‘ल्हासाको खबर’ सार्वजनिक गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments