विराटचोकः नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दाबी गर्दै प्रकाशन भएका समाचारविरुद्ध नेपाली कांग्रेस कानुनी उपचारमा गएको जनाइएको छ ।
कांग्रेसले भ्रामक समाचारप्रति खेद जनाउँदै कारबाहीको माग गरेर निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी दिएको हो ।
लालीगुराँ मिडियाले कांग्रेस सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दाबी गर्दै समाचार प्रकाशन गरेको थियो । सो तस्बिर नक्कली भएको कांग्रेसले दाबी गर्दै उजुरी दिएको हो ।







